मधेश प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ ।
वीरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ ।
नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लगाएकी थिइन ।
त्यसैगरी, नारायणी अस्पतालमै उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिवार बिहान मृत्यु भएको छ ।
अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा शनिवार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए ।
हाल सम्म मधेश प्रदेश अन्तर्गत सप्तरीमा १५९, सिरहा १३५, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८,बारा १८०, पर्सा १३२ र एक भारतीय नागरिक गरि एक हजार ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृतक मध्ये पुरुष ७६२ र महिला २८९ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
प्रतिक्रिया