२८ करोड राजस्व छली मुद्दामा पक्राउ परेमा उमाशंकर रायभर कारागारमुक्त
मेरोन्यूज
२०७८ माघ १६ गते १५:३३

काठमाडौं । २८ करोड राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् ।
पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन् ।
सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् ।
सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका थिए ।
सम्बन्धित

















इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण
कैलाली ३ मा मतगणना सुरु
तनहुँ १ मा रास्वपाको अग्रता कायमै
गगन उम्मेदवार रहेकाे सर्लाही-४काे मतगणना सुरु
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया