कोरोना अपडेट
देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो समय कोरोना परीक्षण दर घटेसँगै संक्रमितको संख्या पनि घटेको हो । १३ हजार १ सय ४५ को परीक्षण गर्दा सो संख्या संक्रमण पुष्टी भएको थियो । देशभर ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण र ३ हजार २ सय ३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोनामुक्त भएका छन् ।
कोरोना संक्रमणबाट विभिन्न अवधिमा सेनाले ब्यवथापन गरेकोसहित ३२ जनाको मृत्यु भएको छ । वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको तथा बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।
आजसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४० लाख १५ हजार ३२४ जनाले पूर्ण मात्रा खोप लगाईसकेका मन्त्रालयले जनाएको छ ।
















नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया