राप्रपाको दुई उपाध्यक्षसहित २४ पदाधिकारी मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई उपाध्यक्षसहित २४ पदाधिकारी मनोनित गरिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका हुन् ।
गण्डकीका हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी राप्रपाको उपाध्यक्ष मनोनित भएका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साह महामन्त्री नियुक्त भएका छन् ।
लिङदेनले चार जनालाई प्रवक्ता मनोनित गरेका छन् । भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल प्रवक्ता मनोनित भएका छन् ।
यस्तै, लिङदेनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका छन् ।
यसैगरी, मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।
यस्तै रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई सहायक महामन्त्री मनोनित गरिएको छ ।
यस्तै, जुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिव नियुक्त गरिएको छ ।
यस्तै, लिङदेनले ६ वटा विभाग प्रमुख पनि नियुक्त गरेका छन् । आर्थिक विभाग प्रमुखमा भक्तपुरका दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुख खोटाङका रनि चाम्लिङ, तराई मधेस मधेस विभाग प्रमुख सिरहाका रामप्रताप साह, अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुख काठमाडौंकी मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुख काठमाडौंका सुदर्शन थापालाई मनोनित गरेका छन् ।












थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया