चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।
अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।
माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने विज्ञप्तिमा भनिएको छ । अनेरास्ववियुले माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसँग सडक बहस गर्ने बताएको छ ।












चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया