जाडोबाट जोगिन सावधानी अपनाउन आग्रह
काठमाडौँ । महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जान सक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ ।
परिसरले एक सूचना जारी गरी चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायतका सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको छ ।
परिसरले यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्यु हुने भएकाले त्यसप्रति सचेत हुने भनेको छ ।
मुख्य गरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ ।











कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया