जाडोबाट जोगिन सावधानी अपनाउन आग्रह
काठमाडौँ । महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जान सक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ ।
परिसरले एक सूचना जारी गरी चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायतका सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको छ ।
परिसरले यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिङ्गटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्यु हुने भएकाले त्यसप्रति सचेत हुने भनेको छ ।
मुख्य गरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ ।
















चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया