अझै ८३ प्रतिशत क्षयरोगी उपचारको पहुँच भन्दा बाहिर
नेपालमा बर्सेनी करिब २८ हजार क्षयरोगका बिरामी थपिदै,

काठमाडौं । नेपालमा बर्सेनी क्षयरोगका २७ हजार ७४५ जना नयाँ बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार अहिले एक लाख १७ हजार क्षयरोगी रहेको देखिन्छ । अझै पनि ४१ हजार बिरामी भने उपचारको दायरामा नआएको केन्द्रको तथ्यांकमा छ ।
नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । यो तथ्यांकअुनसार दिनमा ४६ जनाको मृत्यु क्षयरोगका कारण हुने देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा मात्रै ६९ हजार नयाँ रोगी थपिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको छ ।
जनशक्ति कम हुनाले क्षयरोगका बिरामीको पहिचान र उपचारमा कठिनाई भएको केन्द्रका निर्देशक डा.अनुज भट्टचनले जानकारी दिए । उनका अनुसार अहिले पालिकामा क्षयरोग कार्यक्रमका लागि छुट्टै स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ । स्थानीय तहहरू विभिन्न सूक्ष्म कार्यक्रम सञ्चालन गरी क्रमशः सबै पालिकालाई क्षयरोगमुक्त बनाउने केन्द्रको योजना छ । तर, सरकारको लक्ष्यविपरीत नेपालमा क्षयरोगीको संख्या भने बर्सेनी बढ्दै गएकोले चुनौतिसमेत छ ।
नेपालबाट सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । तर अझै ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २ सय नयाँ रोगी थपिने गरेका देखाएको छ ।













कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया