इन्सपेक्टरमा ५० प्रतिशत आन्तरिक बढुवाबाट

काठमाडौं । नेपाल प्रहरीमा यसअघि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक बढुवाबाट सईबाट इन्सपेक्टर बढुवा हुने गरेकोमा सो प्रावधान परिवर्तन हुने भएको छ । गृह मन्त्रालयले सोसम्बन्धी प्रक्रिया अघि बढाएको हाे ।
मन्त्रालये ५० प्रतिशत खुला र ५० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ । गृहले सो सम्बन्धमा प्रहरी नियमावली संशाेधनको प्रस्ताव स्वीकृत गर्दै सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ । कानून र अर्थ मन्त्रालयबाट स्विकृति प्राप्त हुने बित्तिकै सोसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने गृहको तयारी छ ।
मन्त्रिपरिषदबाट प्रस्ताव पारित भएलगत्तै सईबाट इन्सपेक्टर बढुवा प्रक्रिया शुरु गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ । सिट थोरै आकांक्षी धेरै भएपछि पछिल्लो तीन महिनादेखि सईबाट इन्स्पेक्टर बढुवा हुन सकेको छैन । आन्तरिक बढुवा ४० बाट बढेर ५० प्रतिशत पुगेसँगै प्रहरीको तल्लो तहमा उत्साह थपिने प्रहरी अधिकारीको भनाइ छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया