माछापुच्छ्रे बैंकले ल्यायो ‘स्मार्ट डलर कार्ड’
मेरोन्यूज
२०७७ चैत १३ गते १८:२७

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले ‘एमबिएल स्मार्ट डलर कार्ड’ संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंक आज शुक्रबारदेखि सो कार्ड सञ्चालमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो स्थायी लेखा नम्बर (प्यान) परिचयपत्र पेस गरेर ५०० अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा ग्राहकमाझ पुर्याउँदै आएको माछापुच्छ्रे बैंकले हालै मात्र नेपालका वाणिज्य बैंकको इतिहासमा पहिलोपटक आफ्नै ‘मोबाइल वालेट रेमिट्याप’समेत संचालनमा ल्याएको छ ।
सम्बन्धित

















‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
प्रतिक्रिया