नेपाल–खनाल समूहले केन्द्रीय कमिटी बैठककाे माग गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को नेपाल–खनाल समूहले पार्टीलाई बलियो र गतिशील बनाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीलाई विधि र पद्धतिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले बताए ।
उनले भने, ‘हामी नेकपा (एमाले) भित्रै बसेर पार्टीलाई बलियो बनाउन, पार्टीलाई शुद्ध बनाउन, पार्टीलाई गतिशील र क्रियाशील बनाउन र पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने हाम्रो नीति अनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुराहरु राख्ने भन्ने हामीले निर्णय गरेका हौं ।’
नेता सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीका सदस्यले हस्ताक्षर गरेर बैठकको माग गर्ने निर्णय गरिएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ । मरेको नेकपा(एमाले)लाई जहाँ ब्यूँताइदियो त्यो ब्यूँतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पत्ति, जोजे हुन त्यहीँ विन्दुमा फर्काएको हुनाले पार्टी त्यहीँबाट शुरु हुनुपर्छ भनेर हामी केन्द्रीय कमिटी सदस्यले दस्तखत गरेर बैठकको माग गर्ने निर्णय गर्याै ।’
भेलालाई सम्बाेधन गर्दै वरिष्ठ नेता खनालले हदैसम्म लचिलाे भएर पार्टी एकतालाई जाेगाउनुपर्नेमा जाेड दिएका थिए । एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको उनकाे आरोप थियाे । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।
अर्का नेता नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको बताए । उनले अदालतको गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।
















पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया