१२–२ बजेसम्म नेता जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने (तस्बिरसहित)
मेरोन्यूज
२०७७ चैत १४ गते ११:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसैगरी , अहिले केही बेरमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
सम्बन्धित
















समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
पर्वतमा समानुपातिकतर्फ रास्वपाकै फराकिलो बहुमत
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया