नाटक प्रदर्शन गरेर विश्व रंगमञ्च दिवस मनाइयो

काठमाडौं । विश्व रंगमञ्च दिवसका अवसरमा कलाकारहरुले शनिबार विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । उनीहरुले समाजमा देखिएका विकृति–विसंगतिलाई हटाउने उद्देश्यसहित अनामनगर, रत्नपार्क र लगनखेललगायत स्थानमा नाटक प्रदर्शन गरेको थिए ।
कलाकार निरु खड्काले समाजमा सकारात्मक उत्प्रेरणा जगाउने पवित्र सोचका साथ दिवस मनाइएको बताइन् । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने प्रचलन छ । सन् १९६१ बाट रंगमञ्च दिवस मनाउने क्रम शुरु भएको हो । युनेस्कोले सन् १९४८ मा मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा गरेको थियो ।
आफूमा रहेको कलालाई प्रस्फूटित गर्न, कलाको महत्व बढाउन र नृत्यसँगै अभिनयलगायत कलाका विधालाई थप फराकिला बनाउन रंगमञ्च दिवसको आयोजना गरिन्छ ।
विश्व रंगमञ्च दिवसको आयोजना फ्रान्सको पेरिसस्थित इन्टरनेशनल थिएटर इन्ष्टिच्यूटले गर्दछ । कसैले जीवनलाई रंगमञ्च मान्दछन् त कतिले जिन्दगीलाई नाटक । जेजसो भए पनि अभिनय, रंग, संगीत, कला, संवाद अनि साधनाले रंगमञ्चलाई मानवसँग अत्यन्त निकट बनाएको हुन्छ । रामलीला मञ्चनदेखि विभिन्न विदेशी र स्वदेशी नाटकसम्म, श्यामश्वेत चलचित्रदेखि थ्रिडीसम्म रंगमञ्चले यात्रा तय गरेको छ ।
















कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया