कोरोनाको त्रासमा सर्वसाधारण, मारमा व्यवसायी
सुनसान बने असन, इन्द्रचोक

काठमाडौं । कोटेश्वर सहयोगी नगरमा डेमामालिनी शर्माको पसल छ । पसलमा होलीमा बिक्री गर्न भनेर ल्याइएको टिसर्ट, रङ तथा बेलुनको चाङ छ । तर २०७७ सालको होलीले बिदा माग्दै गर्दा उनको पसलबाट फट्टफुट्ट मात्र टिसर्ट, रङ र बेलुनको बिक्री भएको छ । होलीमा राम्रै व्यापार होला भनेर प्रशस्त सामान जोडेकी उनी व्यपार नभएपछि चिन्तित छिन् ।
कोटेश्वरकै रमेश कर्माचार्यको पसलमा ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट टन्नै छन् । गतवर्ष उनले ह्याप्पी होली लेखिएको टिसर्ट राम्रै संख्यामा बिक्री गरेका थिए । तर यसवर्ष भने अहिलेसम्म जम्मा तीनवटा मात्र टिसर्ट बिक्री भएको उनको भनाइ छ । विगतमा व्यापारीले होलीमा राम्रै व्यापार गर्दथे ।
भक्तपुर गठ्ठाघरका रेवत कटुवाल विगत वर्षमा होली खेल्न घर बाहिर निस्कन्थे । तर यसवर्ष कोरोना संक्रमणको जोखिम बढ्ने भयले उनी घर बाहिर निस्केनन् । होलीका दिन मिठोमसिनो खाने नेपालीको चलन भए पनि उनको घरमा यसपटक त्यसको रौनक देखिएन । कारण होलीका दिन बढी भीडभाड हुने र त्यसले कोरोनाको जोखिम निम्त्याउने ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन् । कोरोनाको त्रासकै बीच सर्वसाधारणले घरैभित्र परिवारजनमा सीमित रही यसवर्षको होली मनाएका छन् । जसका कारण होलीमा राम्रै व्यापार हुने सोचेका व्यवसायी मारमा परेका छन् । गतवर्षको तुलनामा व्यापार ह्वात्तै घटेको व्यवसायीको भनाइ छ ।
गतवर्ष चैतदेखिको लकडाउनले प्रताडित बनेका व्यापारी यसवर्ष पनि कोरोनाको त्रास कायमै रहनु, सर्वसाधारण घर बाहिर ननिस्कनुले व्यापार चौपट्ट भएको बताउँछन् । लकडाउन हटेसँगै सहजै व्यापार होला भन्ने आशमा रहेको व्यापारी होलीको व्यापार देखेर चिन्तित बनेका छन् । कोरोना विस्तारै कम हुँदै गएकामा केही आशावादी देखिएका व्यवसायी फेरि संक्रमण बढ्न थालेपछि तनावमा देखिन्छन् ।
बढी भीडभाड गर्दा कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले सर्वसाधारणले उच्च सतर्कता अपनाएका छन् । सरकारले पनि घरभित्रै सीमित रही होली मनाउन सर्वसाधारणलाई आग्रह गरेको थियो । यसको मार उपत्यकासहित देशरभरको व्यापारमा परेको छ ।
चाडपर्वको समयमा व्यस्त देखिने कोटेश्वर, बानेश्वर, मंगलबजार, लगनखेल गठ्ठाघर, असन, इन्द्रचोक, न्यूरोडमा यसपाली खासै चहलपहल देखिएन । होलीका सामग्री बिक्री गर्न राखेका पसलमा ग्राहक देखिँदैनन् ।
होलीको रमाइलो हेर्न कोटेश्वर पुगेकी श्रृष्टि गुरुङले यसपटक विगत जस्तो रौनक नदेखिएको बताइन् । कुनै पनि पसलमा ग्राहक नदेख्दा साच्चै उनी पनि अचम्मित भइन् । कोरोनाको त्रासका कारण सर्वसाधारण घर बाहिर ननिस्केको हुन सक्ने उनको अनुमान छ ।










एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया