आर्मी गोलरहित बराबरीमा रोकियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब कीर्गिस्तानको यु–२३ टोलीसँग मैत्रिपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न भने असफल रह्यो । खेल अवधिभर दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके ।
घरेलु दर्शकको साथ पाएको आर्मीले सुरुआतबाट नै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडरलाई कीर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो ।
त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको कीर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो । २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको प्रहार पोस्ट बारमा लागेर फर्किदा कीर्गिस्तानले अग्रता बनाउन सकेन ।
४७ औं मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्र बाहिर पाएको अवसर सदुपयोग गर्न सकेन । अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ७३ औं मिनेटमा पेनाल्टीभित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो ।
८५ औं मिनेटमा कीर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपंक्तिले सदुपयोग गर्न सकेनन । एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलंका पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ ।
अनुभव बटुल्नका लागि भएको मैत्रीपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेशी कुथुबिना मैदान उत्रिएको थियो । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बैंलोर फुटबल क्लबसँग खेल्नेछ ।
आर्मीले भारतको टोलीसँग वैशाख १ गते खेल्नेछ । भारतको बैंलोरलाई पराजित गरेको खण्डमा आर्मी वैशाख ८ गते प्रतिस्पर्धा गर्नेछ । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हुने टोलीले मौका पाउने भए पनि मछिन्द्रको लाइसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
प्रतिक्रिया