सोमबार आठ अर्बको ट्रेजरी बिल बिक्री हुँदै
मेरोन्यूज
२०७७ चैत १५ गते २०:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो ।
उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया