शुक्रबार, वैशाख ११, २०८३

भारतमा घटेन कोरोना संक्रमण

मेरोन्यूज २०७७ चैत १६ गते ७:४३

काठमाडौं । भारतमा पछिल्लो सयम कोरोना संक्रमितको संख्या फेरी पनि बढ्न थालेको छ । हिजो एकैदिन ६८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा भारतमा केही दिनयता संक्रमणको दर बढ्दै गएको हो।

Advertisement
NiccNicc

भारतमा हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेकोमा एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २९५ जनाको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३ सय, अमेरिकामा ४० हजार ३ सय, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३ सय र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार बढी जनसङ्ख्यामा कोरोना संक्रमण फैलिएको छ ।

ब्राजिलमा एक हजार ६ सय ५, मेक्सिकोमा ५ सय ६७, अमेरिकामा ४ सय ७२, रसियामा ३ सय ३६, इटलीमा २ सय ९७ र हंगेरीमा २ सय २० सहित विश्वभर साढे ६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५ सय नाघेको छ ।

विश्वभर १२ करोड ७७ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० करोड २९ लाख मानिस संक्रमणबाट मुक्त भइसकेका छन्।

प्रतिक्रिया