कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता जित्नुहोस् रु १ लाख

काठमाडौं । स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७८ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले कुलप्याड लखपति योजना सार्वजनिक गरेको जनाएको छ ।
कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता १ जना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना रहेको एसडी इन्टरनेशनलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।
त्यसैगरी,प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्ने जनाएको छ । कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ ।
सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया