सुदूरपश्चिममा २९ जनाको नमुना परीक्षण गर्दा १५ जनामा कोरोना
मेरोन्यूज
२०७७ चैत १६ गते १५:१४

धनगढी । सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका १२ जना र धनगढीका स्थानीय तीन जना गरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २९ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालको आइसीयूमा र्दुइ जनाको उपचार भइरहेको छ । सुदूरपश्चिममा पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । केही दिनयता भारतमा कोरोनाको दोस्रो लहर चलेसँगै भारतबाट नेपालीहरू घर फर्किन क्रम सुरु भएको छ ।
सम्बन्धित
















इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया