सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
मेरोन्यूज
२०८२ फागुन २४ गते ५:५३

सर्लाही । सर्वाधिक चाँसाेका रुपमा हेरिएका चुनावी प्रतिस्पर्धा मध्ये सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने गगन थापाको पहिलो हार हो ।
हारसँगै गगनकाे राजनितीक जीवनमा प्रश्न उठेकाे छ । उनले पार्टी सभापतिबाट राजिनामा दिनुपर्ने माग उठीरहेकाे छ । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया