फैसला पुनरावलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिई एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । माओवादी केन्द्रले यसअघि कानून व्यवसायी लगायत सरोकारवाला पक्षसँग छलफल गरी पुनरावेदन दिने निष्कर्षमा पुगेको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रबचि एकता भइ बनेको नेकपाको दर्ता कानून सम्मत नदेखिएको भन्दै गत फागुन २३ गते खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७७ जेठ ३ गते अगाडी कै अवस्थामा फर्किएका छन् । अदालतको उक्त फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्र भने पुनरावलोकनको तयारीमा लागेको हो ।









भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया