कर्णाली प्रदेशका मूख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत लिन ध्यानाकर्षण गराउनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १८८ को २ बमोजिम विश्वासको मत लिन ध्यानाकर्षण गराएको हो । संविधानको उक्त धारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन यही चैत ४ गते फिर्ता लिने निर्णय गर्दै सरकारमा रहेका आफ्ना मन्त्रीलाई समेत फिर्ता बोलाएको थियो ।
पार्टी एकता हुनुअघि नै एमालेले २०७४ फागुन ३ गते माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । सर्वोच्चको फैसलाले पूर्ववत अवस्थामै फर्किएपछि एमालेले सकरारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेका २० सदस्य, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सदस्य छन् । एमालेले समर्थन फिर्ता लिएपछि मूख्यमन्त्री शाहीलाई बहुमत पु¥याउन कठिन देखिएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया