काजीरोशन साहित्य पुरस्कार षडानन्द पौडेललाई

बलेवा । धौलागिरि साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा षडानन्द पौडेललाई प्रदान गरेको छ । ‘काजी रोशनको काव्य साधना’ नामक अनुसन्धनात्मक कृषिका लेखक पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशि रु १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलले काजी रोशनको काव्य साधना अनुसन्धानपछि पुस्तक आकारमा समेत प्रकाशित गरिसक्नुभएको छ । विगत १९ वर्ष धौलागिरि बहुमुखी क्याम्पसमा नेपाली साहित्य विषयमा प्राध्यापन गर्नुभएका उहाँ पाँच वर्षदेखि काठमाडौँको सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ ।
त्यस्तै भानु जयन्तीको अवसरमा प्रदान गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको ‘बम सरस्वती स्मृति पुरस्कार’ काभ्रेको पनौतीका सूर्यप्रसाद लाकोजूलाई दिइएको छ । साहित्य क्षेत्रमा योगदान गरेको भन्दै लाकोजूलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताए ।
कार्यक्रममै बागलुङको गलकोट घर भई चितवनमा बस्दै आएकी राधिका कल्पितद्वारा लिखित ‘बरफका कोइलाहरु’ नामक कविता सङ्ग्रह विमोचनसमेत भएको थियो । धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सो कृतिको विमोचन गरे ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया