खेल पत्रकारकाे क्षमता विकास गर्न एनएसजेएफ एकेडेमीकाे सुरूवात

काठमाडाैं । नेपाल खेलकूद पत्रकार मञ्चले सक्रिय खेलकूद पत्रकारिता गर्ने पत्रकारको वृत्तिविकास गर्न भन्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ ।
काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसीपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ ।
काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा तामाङले सही तरिकाले समाचार सम्प्रेषण गर्न एकेडेमीले सक्रिय पत्रकारलाई सहयोग पुग्ने आशा व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले औँचित्य समाप्त र वार्षिक कार्यक्रम सम्पन्न नगरेका संघलाई कारबाही गर्ने बताए । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने आश्यकता रहेको औंल्याए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया