महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते
मेरोन्यूज
२०७७ चैत १९ गते ८:३१

महोत्तरी । महोत्तरीको औरही नगरपालिका-६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ का रोशन कोइराला घाइते भएका छन् ।
३० वर्षीय कोरालालाई अज्ञात समूहले दुई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । एउटा गोली कोइरालाको हातमा र अर्को कोखामा लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर घाइते भएका कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका भइरहेको छ ।
कोइराला औरहीतर्फ गएको बेलामा बुधबार साँझ साढे ७ बजेतिर गोली प्रहार भएको एसपी आचार्यले बताए । घटनाको अनु्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया