इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

काठमाडौं। इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै आक्रमण स्ट्रेट अफ हर्मुजको अवरोध हटाउनका लागि गरिएको बताएको बताएको छ ।
सेपाह न्यूजको वेबसाइटमा गत हप्ता भएको आक्रमणमा परी सैन्य कमान्डर अलिरेजा ताङ्सिरीे गम्भीर घाइते भएको र हाल उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली हवाई आक्रमणमा ताङ्गसिरीको मृत्यु भएको घोषणा गर्दै उनलाई हर्मुजको अवरुद्ध गर्ने प्रत्यक्ष जिम्मेवार व्यक्तिको रुपमा वर्णन गरेका छन् ।
हाल इरानले प्रमुख जलमार्गमा नाकाबंदी लगाएको छ भने नाकाबन्दीले विश्वव्यापी ऊर्जाको मूल्य बढाएको छ ।
तटीय सुरक्षाका लागि तैनाथी अवस्थामा सन्यै कमान्डरको मृत्यु भएको जनाइएको छ ।
उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ ।
यस अघि सर्वोच्च नेता अली खामेनी फेब्रुअरी– २८ मा युद्धको पहिलो दिन, र शक्तिशाली सुरक्षा प्रमुख अली लारिजानी यस महिनाको सुरुमा एक दर्जन भन्दा बढी प्रमुख व्यक्तित्वहरूसहित मारिएको बताइएको छ ।
ताङ्सिरीले मार्चको सुरुमा हर्मुज बन्द गर्ने रणनीति कायम राख्दै आक्रमणकारी शत्रुलाई कडा प्रहार गर्ने प्रतिवद्वता गरेको जनाइएको छ ।
उनलाई खमेनीले सन् २०१८ मा सेना नेतृत्व गर्न नियुक्त गरेका थिए जसको कार्य इरानलाई आन्तरिक वा बाह्य खतराहरूबाट जोगाउनु हो ।
इजरायल र संयुक्त राज्य अमेरिकाले शीर्ष अधिकारीहरूको हत्या गरेर इरानलाई ठुलो झट्का दिएको बताएका छन् ।
















नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया