माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन लगायत समसायिक विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा खारेज भइ साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी जसपालगयतका दलसँगको छलफलपछि माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितीमा पुगेको हो । बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका मूख्य सचेतक देव गुरुङले पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताएका थिए ।
फगुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने र २३ गते साविकको एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस, माओवाद केन्द्र र जसपाको संयुक्त सरकार बनाउने कसरतमा छ । यद्धपी कांग्रेस र जसपाले अझै ठोस निर्णय दिन सकेका छैनन ।
















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया