प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्चले आज निर्णय गर्दै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसला पुनरावलोकनका लागि दिएको निवेदनमाथि सर्वोच्च अदालतले आज निस्सा दिने/नदिने निर्णय गर्ने भएको छ ।
सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको हो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।
इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छरछैन भन्नेबारे पुनरावलोकन हुनेछ । पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ कै फैसला अन्तिम भएर बस्नेछ ।
अध्यक्ष दाहालले नेकपा एमोले र माओवादी केन्द्र ब्युँताउने मंगलबार सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसला पुनरावलोक गराउन माग गर्दै मंगलबार निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको नाममा रहेकाले निर्वाचन आयोगले गरेको दल दर्ता खारेजी गर्ने फैसला गरेको थियो । सो फैसलाले एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ अघिको साविक कै अवस्थामा फर्काएको थियो ।
रिट निवेदकले नै माग नगरेको विषयमा अदालतले फैसला गरेको भन्दै अध्यक्ष प्रचण्डले कानून व्यवसायी लगायतसँग छलफल गरेर पुनरावलोक निवेदन दिएका हुन् ।
















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया