नेपाली जुडो टोलीले किर्गिस्तानमा एशियाली च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपाली जुडो टोली किर्गिस्तानको बिस्केकमा सञ्चालन हुने एशियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने भएको छ । चार खेलाडीसहित सात सदस्यीय टोली प्रतियोगितामा भाग लिन शुक्रबार किर्गिस्तानतर्फ जाने नेपाल जुडो सङ्घले जनाएको छ ।
चैत २२ देखि २८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक महिला तथा तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष ६६ किलो मुनिको तौल समूहमा इन्द्रबहादुर श्रेष्ठ, महिला ४८ किलो मुनिको तौल समूहमा सोनिया भट्ट, ५७ किलो मुनिको तौल समूहमा देविका खड्का र ७० किलो मुनिको तौल समूहमा पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
चारै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) का पदक प्राप्त गर्नुभएको थियो । देविका र पुनमले १३औँ सागमा स्वर्ण, इन्द्रले रजत तथा सोनियाले कास्य पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा ३१ देशका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।
खेलाडीका साथमा प्रशिक्षकका रुपमा ओलम्पियन ऋषिराम प्रधान, जुडो सङ्घका महासचिव एवं निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन् । उक्त टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज एक कार्यक्रमबीच बिदाइ गरे ।












सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया