व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने : उद्योग मन्त्री भट्ट
मेरोन्यूज
२०७७ चैत २० गते १४:४२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।
शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका हुन् ।
राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले जानकारी दिए ।
विपरित विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई भट्टले आग्रह गरे ।
सम्बन्धित












चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया