कर्णालीमा लगानी सम्मेलन आयोजना हुने

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।
महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच आज महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेकाले सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युतलगायत क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए ।
लगानीकर्ताहरुसँग महासङ्घले सहजीकरण गर्ने पनि उनकाे भनाइ थियाे । छलफलमा महाङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो ।
कर्णाली योजना आयोगका उपाध्यक्ष डा खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए । उनले योजना आयोग र महासङ्घको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । रासस

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रतिक्रिया