क्यान्सर पीडित फोटोग्राफरको उपचारका लागि फोटो प्रदर्शनी
मेरोन्यूज
२०७७ चैत २१ गते ८:२५

तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत तनहुँको दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार एक लाख रुपैयाको फोटो बिक्री भएको छ ।
व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिचेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा राखिएका एउटा फोटोको दुई हजार रुपैयाँ मूल्य कायम गरिएको उनका सहकर्मी युवराज भण्डारीले जानकारी दिए । व्यवसायीक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ ।
क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया