पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

काठमाडौं । पूर्वसचिव अर्जुनकुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको सो टुर्नामेन्टको पहिलो संस्करणको उपाधि उनले जितेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका उनले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जितेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।
महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । उनले ३८ स्कोर बनाइन् । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेनापति गौरवशमशेर राणाले जिते । सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने ।
चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा पवित्रकुमार कार्की उपविजेता भए । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेशकुमार सिंहले जिते ।
लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेजबहादुर राईले जिते । विजेता तथा उपविजेतालाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुईदिने प्रतियोगितामा ८८ खेलाडीको सहभागिता थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीअनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया