पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

काठमाडौं । पूर्वसचिव अर्जुनकुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको सो टुर्नामेन्टको पहिलो संस्करणको उपाधि उनले जितेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका उनले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जितेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।
महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । उनले ३८ स्कोर बनाइन् । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेनापति गौरवशमशेर राणाले जिते । सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने ।
चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा पवित्रकुमार कार्की उपविजेता भए । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेशकुमार सिंहले जिते ।
लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेजबहादुर राईले जिते । विजेता तथा उपविजेतालाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुईदिने प्रतियोगितामा ८८ खेलाडीको सहभागिता थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीअनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।









एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया