आहा रारा गोल्डकप : एपिएफ विजयी

पाेखरा । विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि १–० को जित निकाल्दै पोखरामा सम्पन्न १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सृुरुआत गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले खेल सकिन तीन मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै आजबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
पहिलो जितसँगै विभागीय टोली एपिएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुई वर्ष अघि पनि सहारालाई उदघाटन खेलमै पराजित गरेर अघि बढेको एपिएफले फेरी एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोल रहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुँनेछ । सहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मान पनि ग¥यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको हो ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया