कोभिडबिरुद्धको चिनियाँ खोप २५ चैतदेखि दिइने

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठ लाख कोरोना भाइरस विरुद्धको खोप चैत २५ गतेबाट वितरण गरिने भएको छ
। उक्त खोप १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधिहरुलाई दिने भएको छ ।
यस्तै, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन ९भेरोसेल० खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । सोही दिन काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी थिइन ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया