कोभिडबिरुद्धको चिनियाँ खोप २५ चैतदेखि दिइने

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठ लाख कोरोना भाइरस विरुद्धको खोप चैत २५ गतेबाट वितरण गरिने भएको छ
। उक्त खोप १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधिहरुलाई दिने भएको छ ।
यस्तै, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन ९भेरोसेल० खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । सोही दिन काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी थिइन ।










एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया