संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ । पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो । संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो ।
पराजयसँगै मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुनेछ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया