संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ । पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धा पोखरामा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट टुङ्गाएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो । संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो ।
पराजयसँगै मनाङ मर्स्याङ्दी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो । पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुनेछ ।












अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
कांग्रेसको विशेष महाधिवेशन : नाम दर्ता गराउने प्रतिनिधि ६२ प्रतिशत नाघे
इरानमा सरकारविरोधी आन्दोलन तीव्र
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया