आज सरकार र थारुहटबीच तेस्रो चरणको वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट / थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति वीचको तेस्रो चरणको वार्ता बस्ने भएको छ । दिउँसो साढे ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा तेस्रो चरणको वार्ता बस्ने भएको हो ।
यसअघिका पहिलो र दोस्रो वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न सकेको छैन् । सरकारी वार्ता टोलीको संयोजक समेत रहेका गृहमन्त्री रामवहादुर थापा (बादल) को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी रहेका छन् ।
यसैगरी,आन्दोलनकारीका तर्फबाट पूर्व सांसाद रुक्मणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् । सरकारले वार्ताका लागि चैत १६ गते मात्र वार्ता समिति बनाएको थियो ।
टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाईएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनरत छन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया