शुक्रबार, वैशाख ११, २०८३

पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७७ चैत २६ गते १७:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement
NiccNicc

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३३२ मा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ।

प्रतिक्रिया