बुधबार, चैत १८, २०८२

कोरोनाले स्थगित प्रदेशस्तरीय सुरक्षा गोष्ठि आइतबार हुँदै

मेरोन्यूज २०७७ चैत २७ गते १३:०४

काठमाडौं । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठि आइतबारबाट सुरु हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु हुन लागेको हो । गृह मन्त्रालयका अनुसार गोष्ठि दुई दिनसम्म चल्ने र अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठिको मिति तोकिने कार्यक्रम रहेको छ ।

गोष्ठिमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आईजीपी सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका गण्डकी प्रदेशका पृतनापति तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति हुनेछ ।

गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठि कोरोनाका कारण रोकिएको थियो । वर्षमा कम्तिमा एक पटक सुरक्षा गोष्ठि हुनुपर्नेमा कोरोनाका कारण लामो समयदेखि गोष्ठि हुन सकेको थिएन । सुदुरपश्चिम प्रदेशमा त दुई वर्षदेखि सुरक्षा गोष्ठि हुन सकेको छैन ।

प्रतिक्रिया