कोरोनाले स्थगित प्रदेशस्तरीय सुरक्षा गोष्ठि आइतबार हुँदै

काठमाडौं । कोरोनाका कारण विगत एक वर्षदेखि हुन नसकेको सुरक्षा गोष्ठि आइतबारबाट सुरु हुने भएको छ ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबारबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु हुन लागेको हो । गृह मन्त्रालयका अनुसार गोष्ठि दुई दिनसम्म चल्ने र अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठिको मिति तोकिने कार्यक्रम रहेको छ ।
गोष्ठिमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आईजीपी सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका गण्डकी प्रदेशका पृतनापति तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडियो र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति हुनेछ ।
गत वर्षनै हुनपर्ने सुरक्षा गोष्ठि कोरोनाका कारण रोकिएको थियो । वर्षमा कम्तिमा एक पटक सुरक्षा गोष्ठि हुनुपर्नेमा कोरोनाका कारण लामो समयदेखि गोष्ठि हुन सकेको थिएन । सुदुरपश्चिम प्रदेशमा त दुई वर्षदेखि सुरक्षा गोष्ठि हुन सकेको छैन ।









जेनजी आन्दोलनको जिम्मेवारी सबै दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी
विगतका गल्तीबाट सिक्दै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
सञ्चारमन्त्री खरेलले भेटे शहीद रजकका परिवार
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया