‘ओमानमा रोजगारी लगाईदिन्छु’ भन्दै महिलालाई बन्धक बनाउने फरार अभियुक्त पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको छ ।
बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्त राईलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन् ।
उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार एवम् संगठित अपराध मुद्दामा उच्च अदालत पाटनले २०७६ साल चैत २ गते कैद र जरिवाना फैसला गरेको थियो।
खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी उनले एक महिलालाई बिना श्रमस्वीकृति अर्कै मुलुक दुबई पठाउन खोजेको राईमाथि आरोप थियो। पीडित महिला ओमानको सीमावर्ती क्षेत्रमा बन्धक भएकी थिइन्।
ब्युरो र दुबईस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालालाई २०७३ सालमा उद्दार गरिएको थियो। राईले ती महिलाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया