देशमा शान्तिको कामना गर्दै पशुपतिका ९ शक्तिपीठमा आज रातभर पूजा

काठमाडौं । देशमा शान्तिको कामनाले गरिने देशोद्वार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ ।
चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्ने वरुण खतिवडाले जानकारी दिए ।
पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ । यस अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ । कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ । चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी (पिङ्गलास्थान) मा विशेष पूजा गरिएको थियो ।
चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्वार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ ।
















दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया