कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । एमालेका तिन जना सांसदले सामूहिक राजीनामा दिएका थिए ।
उनिहरुको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्रीसमक्ष आफ्नो पदबाट दिएको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए ।
राजीनामा स्वीकृतपछि रिक्त रहेको आर्थिक मामिला तथा योजनामन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई, सामाजिक विकासमन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई तोकिएको प्रेस सल्लाहकार बुढाथोकीले जानकारी दिए ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया