सैनिक कप्तानका सहयोगी हत्याको अभियोगमा १९ जनालाई मृत्युदण्ड

एजेन्सी । सैनिक कप्तानका सहयोगीको हत्या अभियोगमा म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सेनाको स्वामित्वमा रहेको म्यावाड्डी टेलिभिजनले यसबारे शुक्रबार जानकारी दिएको सिएनएनले जनाएको छ । १२ फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि यस्तो सजाय सुनाएको यो पहिलो पटक हो ।
समाचारमा जनाइएअनुसार २७ मार्चमा म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गोनको उत्तरी ओक्कालापा जिल्लामा कप्तानका सहयोगीको हत्या भएको थियो । जिल्लामा मार्शल कानुनको घोषणा गरेर अदालतले त्यही कानुनअनुसार ती व्यक्तिलाई सजाय सुनाएको अधिकारीहरूले बताएका छन् ।
निर्वाचित सरकारलाई अपदस्थ गरेर सैन्य शासक सुरु गरेको सेनाले शुक्रबारबाट विरोध अभियान सुस्त हुँदै गएको छ । म्यानमारका नागरिकले शान्ति चाहेको र यसका लागि सैन्य नेतृत्वले दुई वर्षभित्र चुनाव गराउने वाचा गरेपछि विरोध प्रदर्शन मत्थर भएको छ ।
सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोध गरिरहेका यहाँका नागरिक र सुरक्षाकर्मीबीच दिनहँजसो हिंसात्मक झडप हुने गरेका थिए । सैन्य शासनविरुद्ध संघर्ष गरिरहेको समूहका अनुसार ६०० भन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया