पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ५३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७२ हजार ८८६ जना पुगेको मन्त्रालयले सुझाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८०० जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ९ हजार ७७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले २ हजार ८०० जना आइसोलेसन र ८४ जना क्वारेन्टिनमा छन् ।
















आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया