अफगानिस्तानमा हिंसा: एकै दिन ९२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भएका हिंसात्मक घटनामा परि पछिल्लो २४ घण्टामा कम्तीमा ९२ जनाको मृत्यु भएको छ।
स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो।
घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकुहरू रहेको पनि सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकु र सात जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ। अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ।
अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ। अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिवानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिवान सत्तालाई हटाइदिएको थियो। अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ।
थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ। अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया