अफगानिस्तानमा हिंसा: एकै दिन ९२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भएका हिंसात्मक घटनामा परि पछिल्लो २४ घण्टामा कम्तीमा ९२ जनाको मृत्यु भएको छ।
स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो।
घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकुहरू रहेको पनि सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकु र सात जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ। अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ।
अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ। अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिवानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिवान सत्तालाई हटाइदिएको थियो। अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ।
थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ। अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ।
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
Former Prime Minister, CPN (UML) chair Oli arrested
प्रतिक्रिया