शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी
मेरोन्यूज
२०७७ चैत २९ गते १४:५५

काठमाडौं । काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ। आज बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।
बुढानिलकण्ठ नगरपालिका(१ तौलुङबाट आगलागी सुरू भएको बताइएको छ । आगलागी कसरी भएको हो भन्ने जानकारी पाइएको छैन । दुई घन्टा बढीदेखि आगलागी भएको जनाइएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको निकुञ्जका गेम स्काउट बस्नेतले बताए। आगलागी नियन्त्रण गर्न तीन वटा दमकल र करिब दुई सय जना जति खटिएका छन्।
सम्बन्धित
प्रतिक्रिया