कालिकोटमा आगलागी हुँदा छ घर जलेर नष्ट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् ।
आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए ।
“घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।” आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए ।
“तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने, “अग्निपीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए ।















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया