एमालेमा समानान्तर कमिटीको अभ्यास प्रदेशसभा दलमा छिर्यो
नेपाल पक्षबाट प्रदेश सभा २ को दल नेताबाट हटाइए सत्यनारायण मण्डल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिका विरुद्ध देशव्यापी अभियान चलाउने र तल्लो तहसम्मै पार्टीभित्र पार्टी अर्थात् समानान्तर कमिटी बनाउने अभ्यासमा लागेको नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल पक्षले प्रदेश २ को संसदीय दलको नेता फेरेको छ ।
पार्टी अध्यक्ष ओलीकाे पक्षमा रहेका प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डललाई हटाएर नेपाल-खनाल पक्षले प्रदेशसभाको दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ। प्रदेश २ मा एमालेका २१ सांसद छन् ।
त्यसमध्ये ११ जनाको बैठकले मण्डललाई हटाएर महत्तोलाई दल नेता चयन गरेको हो । प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा खनाल नेपाल पक्षले आइतबार प्रदेश सभा संसदीय दलको कार्यालयमा बैठक राखेर त्यस्तो निर्णय लिएको प्रदेश सभा सदस्य मन्जु यादवले जानकारी दिइन् ।
बैठकले दलको उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र बेची लुंगेलीलाई चयन गरेको पनि यादवले जानकारी दिइन् । आफूहरुले दलको बहुमतबाट मण्डललाई दल नेता हटाएर महतोलाई चुनेको उनले बताइन् ।
आइतबारको बैठकमा ११ जना उपस्थित भए पनि अन्य २ जना सांसद पनि आफूहरुसँग रहेको उनको भनाइ छ । बैठकमा गोविन्द न्यौपाने र डिल्ली उप्रेती बिरामी भएका कारण उपस्थित हुन नसेको उनको भनाइ छ । दल नेता फेरिएको विषयमा खनाल-नेपाल पक्षले आइतबार नै प्रदेशसभा सभामुखलाई जानकारी गराइसकेको छ । उक्त पत्रमा भने १३ जनाको हस्ताक्षर रहेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया