खनाल-नेपाल पक्षले हटाएपछि सत्यनारायण मण्डलको प्रतिक्रिया
म नभएको भए माधव नेपालको राजनीति जीवन खरानी भइसक्थ्यो

काठमाडौं । एमालेको प्रदेशसभा २ को दल नेताबाट माधव नेपाल र झलनाथ खनाल पक्षका बहुमत सांसदले नेता सत्यनारायण मण्डललाई हटाए । आइतबार एमालेका २१ मध्ये ११ जना सांसदको उपस्थिति र अन्य २ जना नेताको समेत समर्थनमा मण्डललाई दल नेताबाट हटाइएको जानकारी प्रदेशसभा २ का सभामुखसमक्ष पत्र समेत नेपाल खनाल पक्षका सांसदहरुले बुझाए ।
ओली पक्षका प्रदेश २ का इन्चार्ज समेत रहेका मण्डललाई बहुमत सदस्यले हटाएपछि उनले एमालेका नाममा समानान्तर गतिविधि गर्नेलाई अब आफूहरुले पनि कारवाही गर्ने बताएका छन् ।
नेपाल पक्षबाट प्रदेश सभा २ को दल नेताबाट हटाइए सत्यनारायण मण्डल
मेरोन्यूजसँग पहिलो प्रतिक्रिया दिँदै मण्डलले अब मलाई होइन्, मलाई जर्वजस्ती हटाउन खोज्नेहरुलाई कारवाही गर्ने बताए । नेपाल-खनाल पक्षले कारवाही गरेपछि मण्डलले दिएको प्रतिक्रिया जस्ताको तस्तै:
एमालेमा केही यस्ता लोभीपापी व्यक्तिहरू छन्, उनीहरुले मलाई कारवाहीको नाटक गरेका छन् । दलको नेता म , सबैलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको मान्छे म । आजसम्म कम्पलेन दर्ज छैन मेरो विरुद्द । अनि रवीन्द्र बैठा भन्ने व्यक्ति समानुपातिक विधायक हो । उसको अध्यक्षतामा बैठक बसेर मलाई कसरी हटाउन मिल्छ ? यही हो माधव नेपालहरुले भन्ने गरेको विधिको कुरा ।
माधव नेपालहरुले आज जसरी मलाई हटाएर अर्काे व्यक्तिलाई दल नेता जर्वजस्ती बनाएको बताएका छन्, उनको बारेमा मलाई धेरै टिप्पणी गर्नु छैन । प्रदेशको सार्वजनिक लेखा समितिको चुनावमा कांग्रेस पार्टीको विधायकको प्रस्तावमा र तत्कालीन फोरम अर्थात उपेन्द्र यादवकाे विधायकको समर्थनमा उनले उम्मेदवारी दिएका थिए । अन्तिममा समर्थकले फिर्ता लिएपछि आजसम्म त्यसको चुनाव हुन सकेको छैन ।
यस्तो अराजकहरु जसले अरुलाई विधि र अनेक कुरा सिकाउँछन्, उनीहरु नै विधिको लज्जास्पद कुरा गरिरहेका छन् । माधव नेपाल आफैँ संविधानसभामा पराजित भएको व्यक्ति । उनी आफैं संविधान निर्माण समितिको अध्यक्ष बन्छन्, न संविधान बन्छ, देशको प्रधानमन्त्री बन्छन्, अनि यहाँ मलाई बहुमत सो गरेर निकाल्नुको के तुक छ ?
मेरो विरोधमा कम्पलेन दर्ज हुनुपर्यो नी । मलाई सूचना छैन, बैठक गर्छन् । यो के खालको संस्कार हो । समानान्तर कमिटी गठन गर्दै हिँडेको छ, यही हो तरिका ? मलाई उहाँहरुले हटाएको भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यालयलाई मैले सारा जानकारी गराइसकेको छु । जसरी माओवादीले एमालेमा आएका लाई सांसद पद समाप्त पार्ने गरी कारवाही गर्ने काम गर्यो । आजै मात्र सभामुखले मलाई भन्दै थिए,- ४ जना रामचन्द्र मण्डल, ज्वालाकुमारी साहसहित ४ जनाको सांसद पद खारेज भयो । भोलि प्रदेशसभाले सूचना सार्बजनिक गर्छ ।
चिठी आईसकेको छ ।
श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापीको चिठी आइसकेको छ । अब हामीले पनि त्यसरी हिँड्नलाई कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।एमाले भन्दैमा जथाभावी गर्दै हिँड्न पाइन्छ समानान्तर कमिटी गठन गर्दै हिँड्न कहाँ छुट पाइन्छ ? विधान मानेर जानुपर्दैन । मलाई होइन, मलाई हटाएको भन्नेहरुलाई अब कारवाही हुन्छ । त्यस्तो कारवाही अब म गर्छु हेर्दै जानुहोला ।
अराजक शैलीमा पार्टीको विद्यान, अनुशासन नमान्नेले म एमाले भन्दै हिँडेर संगठनमा आगो लगाउँदै हिँड्ने ? विल्कुल कारवाहीमा पर्छन् । लोकतान्त्रिक अभ्यास अन्तर्गत म विरुद्ध प्रस्ताव ल्याएको भए म मान्न तयार हुनुपर्छ । तर त्यसरी नगरी छलछाम गरेर ल्याउने ? माधव नेपाल भन्दा मेरो राजननीति कम्ता छ ? उहाँले १५ वर्ष प्रमुख भएर पार्टी चलाउनु भयो । मैले पनि ५३ वर्ष कम्युनिष्ट पार्टीको सदस्य भएर काम गरेको छु । माधव नेपालले बुझे हुन्छ , सत्यनारायण मण्डल नभएको भए माधव नेपालको राजनीतिक जीवन खरानी भइसकेको हुने थियो ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया