प्रदेश १ मा सिभिल इन्जिनियरिङ तर्फ ८२ पदमा विज्ञापन खुल्यो

काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले चौथो र पाँचौं तहको सिभिल इन्जिनियर पदका लागि विज्ञापन खुलाएको छ ।
चौथो तहको असिस्टेन सब–ईञ्जिनियर पदका लागि ९ जना आन्तरिक प्रतिस्पर्धाबाट, २५ जना खुला, ११ जना महिला, चार जना आदिवासी जनजाती र १ जना मधेसी कोटा गरी ५० जनाको विज्ञापन गरेको हो ।
यस्तै पाँचौं तहको सब इन्जिनियर पदका लागि खुलामा २२ जना, महिलामा ९ जना र आदिवासी जनजातीमा १ जना गरी प्रदेश लोक सेवा आयोगले ३२ जनाको विज्ञापन खुलाएको छ ।
प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि उक्त पदमा दरखास्त आह्वान भएको सोमबारको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान भएको लोक सेवा आयोगको प्रदेश कार्यालयले जनाएको छ ।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र योग्यता पुगेको व्यक्तिले आगामी बैखाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने छ । परीक्षा केन्द्र प्रदेश १ को राजधानी विराटनगर तोकिएको छ ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
रवि लामिछानेको निर्देशनमा रास्वपाको सचिवालय बैठक आह्वान
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया