गण्डकी प्रदेश सरकार अल्पमतमा, राष्ट्रिय जनमोर्चाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
कांग्रेसलाई नेतृत्व लिन माओवादी केन्द्रको प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
गण्डकीमा जनमोर्चाका तीन सांसद छन् । तत्कालिन एमाले र माओवादी केन्द्र अलग दलका रुपमा अगाडी वढेसागै राष्टिय जनमोर्चा त्यहाँ गुरुङको नेतृत्वको सरकार टिकाउनका लागि निर्णायक स्थानमा थियो ।
तर राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गरेर प्रतिगमनलाई साथ दिएकोले उनकै पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिएको भन्दै जनमोर्चाले समर्थन फिर्ताको घोषणा गरेको हो ।
‘हामीले एमाले र माओवादी मिलेको गठबन्धनलाई समर्थन गरेका थियौं । ५ वर्षका लागि उनीहरूलाई समर्थन गरेको हौं । तर उहाँहरु न्ै मिल्न सक्नुभएन, पार्टी फुटेर छिन्नभिन्न भयो । केन्द्रमा ओलीले शक्तिको दुरुपयोग गर्नुभयो । त्यो दुरुपयोग गर्नका लागि प्रदेशका साथीहरू कटिबद्ध भएर लाग्नुभयो । मुख्यमन्त्री गुरुङ समेत ओलीको प्रतिगमनका लागि मतियार वनेर उभिरहनु भएको छ,’ मेरो न्यूजसग कुरा गदै जनमोर्चा अध्यक्ष केसीले भने,-‘प्रतिगमनकारी शक्तिलाई साथ दिएर जाने अवस्था हुदैन र रहेन, त्यही कारण गण्डकीमा हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यौं ।’
मओवादी केन्द्रले भने त्यहाँ गुरुङ नेतृत्वको सरकार ढालेर काग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरिसकेको छ । काग्रेस र माओवादी केन्द्रले मिलेर त्यहाँ अव सरकार गठनको प्रयास गर्ने सम्भावना अधिक छ । तर त्यसो गर्दा पनि जनमोर्चाको तीन सांसदको पनि उनीहरुलाई साथ चाहिन्छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ ।
जनमोर्चाका अध्यक्ष केसीले अहिले गुरुङ नेतृत्वको सरकारको समर्थन फिर्ता लिदपनि पार्टीले सरकारमा जाने विषयमा भने कुनै निर्णय नलिएको वताए । ‘हामीले सरकारको विषयमा कुनै निर्णय लिएका छैनौ, नयाँ गठवन्धन वनेपनि सरकारमा सायद हाम्रो पार्टी जादैन,’ केसीले भने ।
काग्रेस र माओवादी केन्द्रले मिलेर सरकार वनाए त्यसमा आफनो पार्टीले समर्थन गर्ने पनि केसीले बताए ।
मुख्यमन्त्री गुरुङले भने माओवादीले सरकारको साथ छोडेपछि भने जनमोर्चाका सांसदलाई मन्त्रीको प्रस्ताव गदै सरकार टिकाउने प्रयास गरेका थिए । तर त्यसमा अल्झीएर नवस्ने जनमोर्चाले प्रष्ट पारिसकेको छ ।
गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभा छ । जसमध्ये एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन् । सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । उनलाई थप तीन प्रदेशसभा सांसद आवश्यक पर्नेछ । त्यसका लागि उनले जनमोर्चाका सांसदलाई फकाउन गरेको प्रयास अन्तत असफल भएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
गत फागुन २३ मा सर्वाेच्च अदालतले एमाले र माओवादीको एकता वदर गदै पूर्ववत पार्टी नै ब्यूताईदिने निर्णयपछि एमाले र माओवादीका वीचमा चर्काे टसल छ । त्यसभन्दा अगाडी नै एमालेका माधव नेपाल र झलनाथ खनाल समुहको समेत साथ लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साविक नेकपामा ओलीलाई अल्पमतमा पारेका थिए ।
तर सर्वाेच्चलदे पूर्ववत पार्टी नै ब्यूताउने निर्णय गरेपछि भने प्रचण्ड माओवादी केन्द्रकै रुपमा अगाडी वढेका छन् । उनी अहिले केन्द्र देखि प्रदेश सम्मका सरकारमा एमालेको ओली नेतृत्वको टिमको वर्हिगमनका लागि क्रियाशिल भईरहेका छन् ।
ओलीलाई साथ दिएका मध्ये वाग्मति र प्रदेश १ पछिको सवैभन्दा सुरक्षित मानिएको गण्डकी प्रदेश सरकार अल्पमतमा परेपछि ओली समुह केन्द्र देखि प्रदेश सम्ममै वहुमत जुटाउने प्रयासमा छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया